1. होटेल मालिकको देहाय बमोजिमको कर्तव्य हुनेछ :
(क) होटेलमा आएका ग्राहकको नाम, नागरिकता, पेशा, आएको मिति र ठेगाना समेतको विवरण लेखाउने ।
(ख) होटेलमा कोठा खाली भएमा सरुवा वा संक्रामक रोग पीडित ग्राहक बाहेक अरु ग्राहकलाई बस्न दिनु पर्ने ।
(ग) होटेलमा आएका ग्राहकलाई मुनासिब माफिकको दाममा शुद्ध तथा पवित्र भोजन खुवाउने ।
(घ) ग्राहकलाई आफूले सक्दो सुरक्षा वा हेर विचार गर्ने, गराउने ।
(ङ) ग्राहकको मालसामान नगद रुपैयाँ वा अरु कुनै मूल्यवान चीज ग्राहकले जिम्मा दिन चाहेमा ग्राहकले माँग गरेको बखतमा फिर्ता दिने गरी आफनो जिम्मा लिई त्यसको रसीद दिने ।
(च) मदिरा बेच्दा वा खुवाउँदा शान्ति सुरक्षाको ख्याल गर्ने ।
(छ) होटेल साफ सुग्घर राख्न लगाउने ।
(ज) ग्राहकलाई मदिरा खुवाउँदा होस हवास हराउने गरी वा ग्राहकले आफूलाई नियन्त्रण राख्न नसक्ने गरी धेरै मात्रामा मदिरा खुवाउन
नहुने ।
(झ) मदिरा खुवाउँदा होटेलको भित्री भागमा खुवाउने व्यवस्था गर्ने ।
(२) उपदफा (१) को खण्ड (ङ) बमोजिम जिम्मा लिएको मालसामान दैवी घटनाबाट नासिएमा त्यस्तो मालसामानको जवाफदेही होटेल मालिकको हुने छैन ।